दसैंमा तीन दिन कोरोना परीक्षण बन्द गरिने
दसैंका बेला तीन दिन कोरोना परीक्षण बन्द गरिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कात्तिक ९, १० र ११ गते पिसिआर परीक्षण नगर्ने जानकारी दिएको हो।
आइतबारको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्राडा जागेश्वर गौतमले महानवमी, विजयादशमी र एकादशीका दिन कोरोनाको पीसीआर परीक्षण नगरिने जानकारी दिएका हुन्।
अहिले देशभरका प्रयोगशालामा दैनिक पीसीआर परीक्षण गर्ने र स्वास्थ्य मन्त्रालयले त्यसको तथ्यांक जानकारी गराउने गरेको छ।







