हेटौंडा उपमहानगरपालिका कार्यालय वन्दको निर्णय फिर्ता, सेवा निरन्तर

जनपत्र
२ कार्तिक २०७७, आईतवार ०७:३६

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको कार्यालय र वडा कार्यालयहरु समेत बन्द गर्ने भन्ने निर्णय फिता भएको छ । आजबाट ६ गते सम्म कार्यालय बन्द गर्ने निर्णय गरिएपनि त्यो निर्णय फिर्ता भएको हो । दशैको समयमा सेवाग्राहीहरुलाई समस्या पर्ने भन्दै कार्यालय निरन्तर सञ्चालन गरिने उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिका कार्यालय सहित १९ वटै वडा कार्यालयहरु सञ्चालनमा रहने छन् । लामो समयसम्म कार्यालय वन्द रहँदा समस्या हुने भन्दै पाँच दिन सम्मको कार्यालय वन्दको निर्णय फिर्ता लिइएको उपमहानगरपालिकाले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*