वीरगन्जको अपार्टमेन्टबाट २३ किलो सुन र २ किलो चाँदी बरामद

जनपत्र
२ कार्तिक २०७७, आईतवार ०७:२२

वीरगन्जस्थित एक अपार्टमेन्टमा पर्सा प्रहरीले छापा मारेको छ । प्रहरीको विशेष टोलीले शनिवार वीरगन्ज महानगरपालिका वडा नम्बर ६ मा रहेको गणेश अपार्टमेन्टमा छापामारेर २३ किलो सुन र २ किलो चाँदी बरामद गरेको छ । पर्सा प्रहरीले पत्रकार सम्मेलन गरेर २३ किलो सुन र २ किलो भन्दा बढी चाँदी बरामद गरेको जानकारी दिएको छ ।

पर्सा प्रहरीका प्रमुख गंगा पन्तको नेतृत्वमा गएको प्रहरीको टोलिले गणेश अपार्टमेन्टको तेस्रो तलाको फ्ल्याट नम्बर ३०३ बाट सुन र चांदी बरामद गरेको प्रहरीले जानकारी दिएको छ । सो फ्ल्याटमा भारतको पूर्वी चम्पारन हरैया निवासी अशोक सिन्हा बस्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले सो फ्ल्याटबाट एक केजीको १३ वटा सुनको विस्कुट, सुनको मझौला बिस्कुट ४६ थानको कुल ८ केजी ५७६ ग्राम, सानो सय ग्रामको १० थान एक केजी गरेर सुन कुल २२ केजी ५७६ ग्राम बरामद गरेको छ । त्यस्तै सुनका गर गहना ६८१ ग्राम अनि बरामद भएका छन् । त्यस्तै चांदीका गर गहना र्ताथा थाल लगायतका भाडा गरेर कुल २ केजी २६२ ग्राम पनि बरामद भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*