नवयुवा सहकारीको १२ औँ साधारण सभा सम्पन्न

जनपत्र
२ कार्तिक २०७७, आईतवार ०७:१६

हेटौंडा/ नवयुवा बचत तथा ऋण सहकारी संस्था लि को १२ औ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
हेटौंडा उपमहागनरपालिका— ११ स्थित नवयुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा वडाध्यक्ष गोकर्ण पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
नवयुवा बचत तथा ऋण सहकारी संस्थाका लिमिटेडका अध्यक्ष हिम प्रसाद पौडेलले प्रतिवेदन प्रस्तुत गरेका थिए । २०७५÷७६ मा १६ सय ६१ शेयर सदस्य भएकोमा सो संख्या वृद्धि भई १७ सय ७८ पु¥याईएको अध्यक्ष पौडेलले बताए । शेयर पुजी रकम २ करोड ६९ लाख ४६ हजार ९ सय बाट ३ करोड ३७ लाख ३३ हजार ८ सय पुगेको छ । सहकारीले खर्च कटौती गर्दै यस वर्ष २ करोड ८२ लाख ९९ हजार आम्दानी गर्न सफल भएको छ ।
संस्थाका अध्यक्ष हिम प्रसादको सभाध्यक्षमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ११ नम्वर वडाका अध्यक्ष गोकर्ण पराजुलीको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा उनले अर्थतन्त्रको ३ खम्बा मध्ये एक खम्वा एक सहकारी रहेको बताए । कोरोना भाईरसले देश आक्रान्त बनाएको बेला वडा बाट २ लाख ऋण लिई राहत वितरण गरेको र ५० हजार तिर्न बाँकि रहेको बताए । उनले यस्ता सहयोगी सस्थाहरुलाई कहिल्यै विर्सन नहुने जानकारी दिए । अहिलेको अवस्थामा पनि १८ सय शेर सदस्यमा १३ सय भन्दा माथीले उपस्थित भएको जानकारी दिए । उनले महामारीको बेलामा बिरामीलाई उपचार गराउन लैजान एम्बुलेन्सको पनि समस्या आएको हुदा वडा कार्यलय र सहकारीको सहयोगमा एम्वुलेन्स सन्चालन गर्न पनि आग्रह गरेका थिए ।  सभामा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कल्पना श्रेष्ठले प्रबिधिमा पहुँच भएको तर आर्थिकमा पनि पहँुच हुनुपर्ने बताए ।
त्यस्तै संस्थामा ४ जना कर्मचारी मध्ये ३ जनालाई कोरोना संक्रमण हुदा १ जना कर्मचारीले महामारीको जोखिममा पनि काम गरेर कार्यलय सन्चालन गरी सेवा दिएकोमा सम्मान गरिएको थियो । साधरण सभामा हेटौंडा ११ का वडा सदस्य जुना दाहाल , बागेश्वरी बचत तथा श्रण सहकारी संस्था लिमिटेडका अध्यक्ष शर्मिला श्रेष्ठ , नवयुवा बचत तथा श्रण सहकारी संस्थाका बरिष्ठ सल्लाहकार गोकर्ण प्रसाद पराजुली लगाएतले मन्तव्य राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*