नातिको कुटपिटबाट हजुरबुवाको ज्यान गयाे

जनपत्र
१ कार्तिक २०७७, शनिबार २०:१२

धनकुटाको सहिदभूमि गाउँपालिकामा नातिको कुटपिटबाट हजुरबुवाको ज्यान गएको छ ।

कोलबोटेका २७ वर्षीय अबिनास राईको कुटपिटबाट उनका ९० वर्षीय हजुरबुवा फत्तबहादुर राईको ज्यान गएको धनकुटाका डीएसपी ध्रुव श्रेष्ठले बताउनुभो । जाँडरक्सी खाएका अविनासले गएको सोमबार हजुरबुवामाथि कुटपिट गरेका र उपचारको क्रममा आज ज्यान गएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*