माटोको ढिस्कोले पुरिँदा एक जनाको ज्यान गयाे

जनपत्र
१ कार्तिक २०७७, शनिबार २०:१०

रुकुम पश्चिममा माटोको ढिस्कोले पुरिँदा एक जनाको ज्यान गएको छ ।

घर लिप्ने माटो लिन गएकी आठबीसकोट नगरपालिका ९ की शुसिला नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ । अरु तीन जना घाइते भएका र उनीहरुको राडीमा रहेको नगर अस्पतालमा उपचार भैरहेको प्रहरी निरीक्षक हरि बहादुर ओलीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*