२४ घण्टामा १८०० जना डिस्चार्ज, १२ संक्रमितको मृत्यु

जनपत्र
१ कार्तिक २०७७, शनिबार १६:३३

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उक्त जानकारी दिनुभयो ।

यो सँगै संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ । जसमध्ये ८९ हजार ८४० निको भएका छन् । सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ रहेको छ । जसमा संस्थागत तर्फ १३ हजार २९९ र होम आइसोलेसनमा २५ हजार ४३८ रहेको छ ।

यस्तै आज थपिएका संक्रमितमध्ये १ हजार ७४६ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा १ हजार ४५१ भक्तपुरमा १४३ र ललितपुरमा १५२ जना नयाँ संक्रमित थपिए । २४ घण्टामा १५ हजार ४३८ जनाको पीसीआर परीक्षण भयो ।

यसैबीच २४ घण्टामा १ हजार ८०० जना कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरानामुक्त भएकासँगै निको हुनेको संख्या ८९ हजार ८४० पुगेको छ । यस्तै २४ घण्टामा थप १२ संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ७२७ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*