‘बलात्कारी संगठन’ नामक फेसबुक पेज तथा ग्रुप चलाउने व्यक्ति पक्राउ

जनपत्र
३० आश्विन २०७७, शुक्रबार २०:१९

काठमाण्डाै – सामाजिक सञ्जाल फेसबुकमा रेपर एसोसिएशन (बलात्कारी संगठन) नामक पेज तथा समूह बनाएर चलाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्युठानको झिम्रुक गाउँपालिका ७ घर भई नवलपुरको कावासोती नगरपालिका बस्ने १९ वर्षीय नवीन बस्नेतलाई नवलपरासी प्रहरीको सहयोगमा साइबर ब्युरोले शुक्रबार कावासोतीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका युवकले बलात्कार जस्तो जघन्य अपराध गर्न दुरुत्साहन गर्ने तवरले अश्लिल, आपत्तिजनक सामग्री पोस्ट गर्ने, प्रतिक्रिया जनाउने लगायतका काम गर्दै आएको ब्युरोले जनाएको छ ।

युवकमाथि विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को उपदफा १ बमोजिमको कसुर गरेको भन्दै जिल्ला अदालत काठमाण्डौबाट पक्राउ पुर्जी जारी भएको थियो । अहिले उनीमाथि अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*