शान्ति र सुरक्षाको प्रत्याभुति दिलाउन नेपाल प्रहरीले निर्वाह गरेको भुमिका प्रशंसनीय छ–मुख्यमन्त्री पौडेल

जनपत्र
३० आश्विन २०७७, शुक्रबार ११:०८

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्र िडोरमणि पौडेलले अपराध नियन्त्रण र अनुसन्धानबाट समाजमा शान्ति, अमनचयन र सुरक्षाको प्रत्याभुति दिलाउन नेपाल प्रहरीले निर्वाह गरेको भुमिका प्रशंसनीय रहेको वताउनुभएको छ । प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा ६५ औ प्रहरी दिवस हेटौंडामा आयोजित कार्यक्रमलाई संबोधन गर्दै उहाँले विषम् परिस्थितिहरुमा समेत प्रहरी संगठनले निर्वाह गरेको चुनौतिपुर्ण जिम्मेवारीहरुले समाजमा नेपाल प्रहरीप्रति आशा र भरोसा बढेको वताउनुभयो ।

उहाँले भन्नुभयो–‘मुलुकलाई सङकट परेको बेलामा भुकम्प, महामारि, बाढि पहिरो लगाएत प्राकृतिक प्रकोप तथा दुघर्टनामा उद्धार लगाएत अन्य मानवीय सहायताका कार्यहरु, गम्भिर अपराध अनुसन्धानमा प्रहरीले प्राप्त गरेको सफलता, पछिल्लो समय कोरोना महामारिको विरुद्ध फ्रन्टलाईनमा प्रहरीले निर्वाह गरेको भुमिकाबाट स्पष्ट हुन्छ कि सिमित श्रोत र साधनवीच नेपाल प्रहरी आर्जनले गरेको विश्वास यसको ब्यवसायिकता, देश र जनताप्रतिको जिम्मेवारीबोध र उत्तरदायित्वको भावनाबाट निर्दैशित हुनुको प्रतिफल हो ।’

कतिपय घटनाहरुको सन्दर्भमा प्रहरीको भुमिका र ब्यवसायिकता प्रति प्रश्न उठ्ने गरेको उहाँले वताउनुभयो । नागरिक समाजबाट उठ्ने गरेका यस्ता प्रश्नहरुलाई प्रहरी संगठनले आफुलाई सुधार्ने, सिक्ने र बुझ्ने अवसरकारुपमा लिनुपर्ने मुख्यमन्त्री पौडेलले वताउनुभयो । यसका लागि प्रहरी साँच्चिकै जनताका रक्षक हुन् भन्ने अनुभुति हुने गरी काम गर्न जरुरी रहेको वताउनुभयो ।

संगठित एवम् जघन्य अपराध, महिला तथा बालबालिकामाथि हुने अमानवीय कार्यप्रति शुन्य सहनशिलता अपनाउनु जरुरी रहेको वताउँदै उहाँले भन्नुभयो–‘पछिल्लो समय महिला तथा बालबालिकाहरु माथि भईरहेको दुब्र्यवहार, हिंसा तथा बलात्कारका घटनाहरुलाई गम्भिरतापुर्वक लिदैं अपराधिलाई कानुनी कठघरामा ल्याउन सशक्त ढंगबाट प्रस्तुत हुन आग्रह गर्दछु । ब्यवसायिकता, अनुशासन, ईमान्दारिता तथा कर्तब्यपरायणता नै नेपाल प्रहरीको पहिचान हो । यसबाट नै प्रहरीले आफुप्रति तेर्सिएका प्रश्नहरुको जवाफ दिन सक्दछ ।’

विश्वब्यापि फैलिएको कोरोना महामारिले विगतको भन्दा फरक र अनपेक्षित अवस्था सिर्जना भएको र हिजोका दिनमा प्रहरी संगठनले निर्वाह गरेको भुमिकालाई फरक ढंगले आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्डलाई ख्याल गर्दै पुरा गर्नुपर्ने भएको छ भने नागरिकलाई समेत महामारिको विरुद्ध जुध्न विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले तय गरेको सुरक्षात्मक उपायहरु अवलम्बन गर्न तथा गराउन प्रहरीले भुमिका निर्वाह गर्नुपरेको वताउनुभयो ।

कार्यक्रममा उहाँले अमर प्रहरी स्मारकमा रेथ चढाई श्रदान्जली समेत अर्पण गर्नुभयो । कार्यक्रममा मुख्यमन्त्री पौडेलले ‘विषम परिस्थीतिमा प्रहरी परिरचालन सम्बन्धी मार्ग निर्देशन २०७७ को लोकार्पण समेत गर्नुभयो । त्यसैगरी उहाँले विभीन्न व्यक्तित्वलाई पुरस्कार तथा सम्मान गर्नुभयो ।


कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले नेपाल प्रहरी समायोजन हुने क्रममा रहेको वताउनुभयो । उहाँले अमर प्रहरी परिवारका आश्रीत परिवारजनलाई कदरपत्र प्रदान गर्नुभयो । कार्यक्रममा सहभागिहरुलाई प्रदेश प्रहरी कार्यालय हेटौंडाका बरिष्ठ प्रहरी उपरिक्षक सुदिप गिरीबाट प्रहरी दिवसको अवसरमा स्वागत गर्नु भएको थियो ।

कार्यक्रम प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरिक्षक बसन्तकुमार लामाको अध्यक्षतामा भएको हो । कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिब मानबहादुर विके, आन्तरीक मामिला तथा कानून मनत्रालयका सचिब मदन भुजेल, हेटौंडा उपमहानगरपालिकाका उपमेयर सिमना कुमारी लामा लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*