कन्टेनर रोकिएपछि अन्योलमा सोलार आयोजना

जनपत्र
३० आश्विन २०७७, शुक्रबार ०७:०७

पावर केबलसहितको सामग्री लिएर चीनबाट आएका ११ ओटा कन्टेनर केरुङ नाकामा रोकिँदा नुवाकोटमा निर्माणाधीन २५ मेगावाट क्षमताको सौर्य विद्युत् आयोजनाको थप विद्युत् उत्पादन अन्योलमा परेको छ । समयमा नै पावर केबल आएको भए ग्रीडमा आबद्ध उक्त आयोजनाबाट गत जेठमा १० मेगावाट विद्युत् उत्पादन हुने थियो । तर, ५ महीनादेखि ती सामान केरुङ नाकामा रोकिँदा उक्त आयोजना अभैm अन्योलमा परेको हो ।

१० मेवा विद्युत् उत्पादन गर्न प्लान्टका अन्य काम भने लगभग पूरा भइसकेको छ । अब पावर केबल लिएर जडानको काम गर्न सकिए थप १० मेवा विद्युत् उत्पादन गर्न सकिन्छ । तर, पावर केबल नभएपछि त्यो हुन सकेको छैन । गत चैतभित्र नै सामान आउने गरी चीनबाट सामान मगाइएको थियो । तर, कोरोना भाइरस नियन्त्रण गर्न गतवर्षको अन्त्यतिरबाट नाका बन्द गरिएपछि पावर केबलसहित सबस्टेशनका इलेक्ट्रोनिक सामानहरू लिएर आएका कन्टेनर चीनतिरै रोकिएका छन् ।

हाल नाका खुला गरिए पनि त्यो सामान ल्याउन व्यावहारिक रूपमा कठिनाइ भएको छ । ती कन्टेनरहरू ठ्याक्कै सीमा नाकामा नभएर नाकादेखि २४ किलोमीटर भित्र ९चीनतर्फ० रहेका छन् । ती सामान लिन नेपाली कन्टेनरहरू त्यही जानुपर्ने हुन्छ । तर, कोरोनाको बहानामा चिनियाँ पक्षले नेपाली कन्टेरलाई त्यहाँ प्रवेश गर्न दिएको छैन । त्यसैले नेपाली कन्टेनर त्यहाँ गएर सामान ल्याउन सक्ने अवस्था नभएको आयोजनाका प्रमुख विकास रघुवंशीले बताए ।

‘अहिले आयोजनाका अन्य कामहरू जारी छन् । पावर केबल भएको भए ३ महीनाअघि नै थप १० मेवा विद्युत् उत्पादन गर्ने थियौं,’ उनले भने, ‘अहिले खासालगायत अन्य वैकल्पिक नाकाबाट भए पनि ती कन्टेनर ल्याउने पहल त गरेका छौं । तर, सम्भावना एकदम कम छ । कन्टेनर आए १ महीनाभित्र नै थप १० मेगावाट विद्युत् उत्पादन गर्न सक्छौं ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*