प्रशंसकहरुको भावनासँग खेल्दै नेहा कक्कड !
लोकप्रिय गायिका नेहा कक्कड आजभोली आफ्नो विवाहको समाचारले निकै चर्चामा छिन् । उनको टिमले यस विषयमा केही जानकारी सार्वजनिक गरेको छैन । नेहाले पनि यस विषयमा खुलेर कुरा गरेकी छैनन् । बुधवार उनले आफ्नो सामाजिक संजालमा एक पोष्ट राखेर आफ्नो फ्यान र आफन्तहरुको भावना संग खेलिरहेको प्रष्ट बताएकी छिन् । उनको पोष्ट विवाहको बारेमा हो वा काम विशेषताले हो भन्ने कुरामा मानिसहरु झुक्किएका छन् ।
हालै नेहाले गायक रोहनप्रित सिंहको साथमा विवाह हुने हल्ला चलेको छ तर वास्तवमा नेहाको यस खबर उनको नयाँ गितको बारेमा रहेको छ । नेहाले बुधवार सामाजिक संजालमा एक पोस्टर सार्वजनिक गरेकी छिन् जसमा नेहा आफ्नो हुनेवाला श्रीमानको साथमा हँसिलो अनुहारको साथमा देखिएकी छिन् ।
पोस्टरमा ठुलो ठुलो अक्षरमा ुनेहा द व्याहु लेखिएको छ भने नेहा कक्कड वेड्स रोहन प्रित भनेर पनि ठुलो अक्षरमा लेखिएको छ । यस पोस्टरलाई देखेपछि सबैजना नेहालाई प्रश्न गर्न थालेका छन्, आखिर सत्य के हो ?
नेहाको उक्त पोष्टमा कमेन्ट गर्दै गायक विशाल ददलानीले लेखेका छन्, ु ओहो १ अब म फेरी कन्फ्युज भए । यो विवाहको मामिला हो कि कुनै गित वा चलचित्रको काम हो रु प्रष्ट भन कि, नयाँ लुगा बनाउन दिउ कि यसलाई फेरी डाउनलोड, लाइक वा शेयर गरौँ रुु सोहि पोष्टमा बादशाहले पनि लेखेका छन्, ुयार ठुलो कन्फ्युजन भयो ।ु
यस कन्फ्युजन प्रष्ट भएको छ कि नेहा र रोहनको साथमा नयाँ गित आउन लागेको छ र यो अक्टोबर २१ मा सार्वजनिक हुनेछ । यस गितलाई नेहाले आफैं लेखेकी छिन् भने उनले संगीत पनि दिएकी छिन् । यस गितलाई नेहा र रोहनले मिल्रेर गएको कुरा पक्का भएको छ ।
नेहा र रोहनको यो पहिलो मौका हो जहाँ उनीहरु पहिलो प्रोजेक्टमा कम गरिरहेका छन् । केही समय पहिला नेहाको रोहन संग विवाह हुन लागेको खबर चर्चामा रहेको थियो । यहाँसम्म कि नेहाको परिवारको सदस्य र आफन्तहरुलाई पनि यसको वास्तविकताको बारेमा थाहा छैन । सामाजिक संजालमा भने नेहा र रोहनको छिट्टै विवाह हुनलागेको चर्चा चलेको छ । केही दिन पहिला यी दुवै परिवारको भेटघाटको तस्वीर पोष्ट भएको थियो । तब सबै जनाले दुवैको बीच रोक्का भएको अनुमान गरेका थिए ।
यस विषयमा न नेहाले केही भनेकी छिन् न त रोहनले केही खुलाएका छन् । नेहाको लागि काम गर्ने एजेन्सीको अनुसार उनले त्यस काम मार्चमा छोडिसकेका छन् ।







