क्योकुशिन कराते संघले आज रक्तदान गर्दै

जनपत्र
३० आश्विन २०७७, शुक्रबार ०७:०२

हेटौंडा/ मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी आइकेयू जापानले हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
सनराइज बैंक लिमिटेड हेटौंडा शाखाको सहप्रयोजनमा शुक्रबार बिहानदेखि हेटौंडा–४ स्थित जिल्ला खेलकुद विकास समिति कार्यालय परिसरमा रक्तदान हुन लागेको हो । कोरोना महामारीमा कसैले रगतको अभाव झेल्न नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक होमकुमार रेग्मीले जानकारी दिए ।

स्वास्थ्यको लागि खेलकुद नाराा बोकेको संघले मानव जिवनको रक्षाका लागि रगत संकलन गर्ने कार्यक्रम यसअघि पनि गर्दै आइरहेको थियो । महामारीमा रगतको अभाव हुन सक्ने भएकोले रगत दान नै जिवन दान भएको भन्दै संघले सबैलाई रगत प्रदान गर्न आग्रह पनि गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*