आजको मौसमः कुन प्रदेशमा कस्तो ?

जनपत्र
३० आश्विन २०७७, शुक्रबार ०६:५१

अहिले प्रदेश १, बाग्मती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागहरूमा आंशिक बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा उल्लेखनिय मौसमी प्रणाली छैन ।

यस्तो छ तीन दिनको पूर्वानुमान :
असोज ३० गते ‘शुक्रबार’
दिउँसो : प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: प्रदेश १, बाग्मती , गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका अन्य भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १ , बाग्मती प्र देश र गण्डकी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कार्तिक ०१ गते ‘शनिबार’
दिउँसो : प्रदेश १, बाग्मती , गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका अन्य भू(भागमा आंशिक बदली रहनेछ ।बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती : देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ-गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कार्तिक ०२ गते ‘आईतबार’
दिउँसो : प्रदेश १, बाग्मती , गण्डकी, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका अन्य भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका अन्य भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*