काठमाण्डाै उपत्यकामा थपिए १ हजार ९३५ सङ्क्रमित
काठमाण्डाै – पछिल्लाे २४ घण्टामा काठमाण्डौ उपत्यकामा एक हजार नाै सय ३५ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।
त्यस्तै पछिल्लाे २४ घण्टामा देशैभर तीन हजार सात सय ४९ जनामा सङ्क्रमण पुष्टि भएकाे छ । बिहीबार थपिएकासँगै सङ्क्रमितकाे कुल सङ्ख्या एक लाख २१ हजार सात सय ४५ पुगेकाे छ ।







