आज पहाडी क्षेत्रको एक/दुई ठाउँमा हल्का पानी पर्ने
काठमाण्डाै – आज पहाडी क्षेत्रको एक/दुई ठाउँमा हल्का पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन् ।
उहाँका अनुसार अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहनेछ । यस्तै राति पनि प्रदेश १ का एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । आजको तुलनामा भोलि र पर्सि अलि धेरै पानी पर्ने मौसमविद् प्रधानाङ्गले पूर्वानुमान गर्नुभएको छ । तर ठूलो वर्षा र झरीको संभावना भने नरहेको उहाँको भनाइ छ ।







