दसैं बिदा घटस्थापनादेखि नै दिन सचिवहरूको सुझाव

जनपत्र
२९ आश्विन २०७७, बिहीबार ०६:१६

विभिन्न मन्त्रालयका सचिवहरूले सरकारलाई घटस्थापना ९१ कात्तिक० देखि नै दसैं बिदा दिन सुझाव दिएका छन्। सरकारको नियमित दसैं बिदा ७ कात्तिक ९फूलपाती० देखि ११ कात्तिकसम्म मात्र छ। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सचिवहरुले यस वर्ष लामो दसैं बिदा दिन सुझाब दिएका हुन्।

प्रधानमन्त्रीका सल्लाहकार र मन्त्रीहरूलाई समेत संक्रमण भएपछि विभिन्न मन्त्रालयका सचिवहरूले मुख्य सचिव शंकर बैरागीलाई भेटेर यस्तो सुझाब दिएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ।

लामो दसैं बिदा हुँदा कोरोना संक्रमण नियन्त्रण गर्न सहयोग पुग्ने विश्वाससहित यस्तो सुझाब दिइएको एक सचिबले बताए। ‘हामीले दसैंमा घटस्थापनादेखि बिदा दिन सुझाब दिएका छौं। कुनै निर्णय भइसकेको छैन,’ उनले भने, ‘संक्रमणलाई रोक्न यो पनि एउटा विकल्प हुनसक्छ।’

यसकारले यस वर्ष दसैंलगायत चाडपर्व आफू रहेकै ठाउँमा स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर मनाउन आग्रह गर्दै आएको छ। दसैं नजिकै आइसक्दा पनि यस वर्ष विगत वर्षजस्तो बजारमा चहलपहल छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*