हेटौंडाको विकट गाउँमा पुगेर चेपाङको समस्या बुझ्दै मेयर महत

खान, लाउनको समस्या, पढ्न बिद्यालय टाढा, पानी, वत्ति र सडकको सामान्य पूर्वाधार समेत नभएको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ को बंगेरी चेपाङ वस्तीका नागरिकका समस्या बुझ्न मेयर महत पुग्नु भएको हो ।
जनपत्र
२८ आश्विन २०७७, बुधबार ०८:०५

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ बंगेरीको चेपाङ र तामाङ वस्तीमा सामान्य पूर्वाधारका समस्या देखिबाट खहरे खोलाको पानी पिउनुपर्ने बषौ देखिको बाध्यता यस क्षेत्रका नागरिकले वषौदेखि भोग्दै आएका छन् ।

खान, लाउन लाउनको समस्या, पढ्न बिद्यालय टाढा, पानी, वत्ति र सडकको सामान्य पूर्वाधार समेत नभएको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ को बंगेरी चेपाङ वस्तीका नागरिकका समस्या बुझ्न उपमहानगरपालिकाका मेयर हरिबहादुर महत पुग्नु भएको हो ।


बिकट चेपाङ र तामाङ वस्तीमा धेरै खालका समस्याले पिरोलेका छन् । उनीहरुले पिउने पानी पनि खोला र कुवाको रहेको छ । विजुली र सडक उनीहरुका लागि झनै परको कुरा, घरभरी ससाना बालबालिका छन् । खानलाउनको त्यतीकै समस्या छ ।
परेका समस्या बुझ्नका लागि उपमहानगरपालिकाका मेयर महत त्यस स्थानमा पुगेसंगै यसक्षेत्रका नागरिकका धेरै खालका समस्या समाधान गर्न आफु तयार रहेको वताउनुभयो ।

यस क्षेत्रका करिव २० परिवारले बषौदेखि खहरे खोलाको पानी पिउनुपर्ने, खोलाको जोखिममा घरजग्गा रहेको, विद्यालय नजिक नभएका कारण बालबालिका पढ्न नपाउने समस्या, बिजुली नहुँदा अन्धकारमा वस्नुपर्ने बाध्यता भोग्दै आएका छन् । यो समस्याहरु स्थानीय सरकारले क्रमश पुरा गर्दै जाने मेयर महतले वताउनुभयो ।

उपमहानगरपालिका क्षेत्रनै भएपनि धेरे खालका समस्या भएको जानकारी पाउने वित्तिकै आफु यस क्षेत्रमा आएको र चेपाङ र तामाङ समुदायहरुको समस्या समाधान गर्न तयार रहेको वताउनुभयो । विकासका दृष्टीले अत्यन्तै दुर्गम मानिने यस क्षेत्रका नागरिकको चेतनाको स्तर पनि निकै कमजोर रहेको छ ।

सानै उमेरमा बिवाह गर्ने, बालबच्चा धेरै जन्माउने समस्या पनि व्याप्त रहेको छ । यस क्षेत्रको स्थलगत भ्रमणपछी मेयर महतले धेरै खालका समस्या समाधान गर्न आफु तयार रहेको वताउनुभयो । यस क्षेत्रमा धाराको पानी खुवाउनका लागि उपमहानगरपालिकाका सहकार्यमा तत्काल काम सुरु गर्ने खानेपानी बोर्डको तयारी छ ।

यस क्षेत्रका चेपाङ र तामाङ परिवार घरको चुहिने छानामुनी बसेकाले उनीहरुको घरमा जस्तापाता पनि हालिदिने उहाँले वताउनुभयो । अनुगमनमा हेटौंडा १५ का वडाअध्यक्ष महारत्न लामा, कार्यपालिकाका सदस्य पातलीमायाँ लामा लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*