मकवानपुरमा आज थप ७९ जनामा कोरोना संक्रमण पुष्टि, स्वाब दिएका मध्य ५५ प्रतिशतमा संक्रमण

संक्रमण हुनेमा हेटौंडा उपमहानगरपालिकाको ७३ जना, मकवानपुरगढी गाउँपालिका २ जना र बकैया गाउँपालिका एक जना रहेका छन् ।
जनपत्र
२८ आश्विन २०७७, बुधबार ०७:०४

हेटौंडा । मकवानपुरमा आज थप ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज हेटौंडाको प्रयोगशालामा गरिएको परिक्षणका क्रममा मकवानपुरको हेटौंडा उपमानगरपालिका, मकवानपुरगढी गाउँपालिका र बकैयामागरी ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

एक सय ५३ जनाको कोरोना परिक्षण गरिएका मध्यमा ५५ प्रतिशत अर्थात ७९ जनामा कोरोना पुष्टि भएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाको ७६ जना, मकवानपुरगढी गाउँपालिका २ जना र बकैया गाउँपालिका एक जना, जिल्ला बाहिरका ३ जना पुरुष गरी ७९ जना रहेका छन् । बुधबार  बिहान रिपोर्ट अनुसार २६ महिला र ५३ पुरुषमा संक्रमण पुष्टी भएको छ । असोज २५ गते  संकलन गरिएको  स्वाबको हेटौँडामा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा गरिएको  परीक्षणमा  ७९ जनामा कोरोना पुष्टि भएको जनाईएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*