सर्वोच्चले भन्यो- कोरोना परीक्षणमा शुल्क नलिनु, यस्तो छ आदेश

जनपत्र
२८ आश्विन २०७७, बुधबार ०५:५८

सरकारी अस्पतालमा कोरोना उपचारसम्बन्धी सम्पूर्ण सेवा निःशुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीशहरु आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलासले कोरोनाको परीक्षणलाई पनि आधारभूत स्वास्थ्य सेवाको रुपमा व्याख्या गर्दै त्यस्तो आदेश दिएको हो।

कोरोना परीक्षणका लागि सरकारी निकायमा शुल्क नलिन आदेशमा भनिएको छ। अधिवक्ताहरु केशरजंग केसी र लोकेन्द्र ओलीको यस सम्बन्धी रिट सर्वोच्चमा दिएका थिए। निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो। परीक्षणका लागि सरकारी निकायमा गएका नागरिकको अनिवार्य कोरोना परीक्षण गर्न पनि सर्वोच्चको आदेशमा भनिएको छ। तर, निजी अस्पतालहरुले शुल्क लिएर कोरोना परीक्षण गरेको विषयमा सर्वोच्चले कुनै प्रश्न गरेको छैन।

यस्तो छ सर्वोच्चको आदेश
कोरोनासँग सम्बन्धित सम्पूर्ण सेवा सरकारी अस्पतालमा निःशुल्क हुनुपर्ने।
लक्षण नभएकाहरुले पनि परीक्षण गर्न चाहेमा परीक्षण गर्न दिनुपर्ने।
भीसा प्रयोजनका लागि परीक्षण गर्न चाहेमा निःशुल्क सेवा उपलब्ध गराउनुपर्ने।
निजी अस्पतालले पनि सरकारले तोकेको शुल्कभन्दा बढी लिन नपाउने।
सहरी क्षेत्रमा परीक्षण केन्द्र र जनशक्ति विस्तार गरेर परीक्षणको दायरा बढाउनुपर्ने।
भीड व्यवस्थित गरी परीक्षणका क्रममा छिटो छरितो सेवा दिनुपर्ने। नेपालखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*