प्रदेश–२ सरकारको आफ्नै अनुसन्धान ब्युरो

प्रदेश–२ सरकारको आफ्नै अनुसन्धान ब्युरो स्थापना हुने भएको छ । प्रदेश सभाबाट आइतबार त्यससम्बन्धी विधेयक पारित भएपछि ब्युरो स्थापनाको बाटो खुलेको हो ।
प्रदेशको शान्ति सुरक्षाका लागि गठन हुने ब्युरोद्वारा संकलित सूचना संघीय सरकारलाई पनि उपलब्ध गराउन सक्ने व्यवस्था विधेयकमा छ । ब्युरो आन्तरिक मामिला तथा कानुन मन्त्रालयमातहत रहने छ । प्रदेश प्रहरीको डिआइजी, सोही पदबाट अवकाशप्राप्त वा त्यससरहका व्यक्ति ब्युरो प्रमुख हुनेछन्, जसको कार्यकाल तीन वर्ष हुनेछ ।