मकवानपुरमा अहिले सम्मकै धेरै आज थप १२५ जनामा कोरोना संक्रमण पुष्टि

हेटौंडा । मकवानपुर जिल्लामा अहिले सम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहान सार्वजनिक तथ्याङकमा आज विहान एकै दिन १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मकवानपुरका विभीन्न स्थानीय तह मध्यमा सबै भन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा रहेको र त्यसमा पनि हेटौंडा ४ मा धेरै संक्रमित आज पुष्टि भएको जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
मंगलबार बिहान रिपोर्ट अनुसार ४८ महिला र ७७ पुरुषमा संक्रमण पुष्टी भएको छ । असोज २५ गते संकलन गरिएको स्वाबको हेटौँडामा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा गरिएको परीक्षणमा १२५ जनामा कोरोना पुष्टि भएको जनाईएको छ।