दाङका तीन सरकारी कार्यालय बन्द
दाङ – दाङका तीन सरकारी कार्यालय बन्द भएका छन् ।
अदालतका श्रेस्तेदार धनसिंह गिरीका अनुसार अदालतमा अब पाँच दिनसम्मका लागि साक्षी बकपत्रको सम्पूर्ण काम रोकिएको छ । दैनिक पाँचभन्दा बढी मुद्दा दर्ता नहुने भएको छ । जिल्ला प्रशासन कार्यालय पनि असोज ३० गतेसम्मका लागि बन्द भएको छ ।
कार्यालयका प्रशासकीय अधिकृत अम्मरराज शर्माले प्रशासनमा कार्यरत एक कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएको र थप अन्य कर्मचारीको पनि स्वाब परीक्षणका लागि पठाइएको हुँदा पाँच दिनका लागि कार्यालय बन्द गरिएको जानकारी दिनुभयो । नापी तथा मालपोत कार्यालय असोज २२ देखि २८ गतेसम्मका लागि बन्द गरिएको छ ।







