सौर्य सिंचाइबाट तरकारी र अन्न खेती गर्दै साना किसान

कृषि बिकास निर्देशनालय हेटौंडाको सहयोगमा मकवानपुर र चितवनका ९६ वटा सहकारी, समुह र फमका लागि ५ करोड ५४ लाख लागतमा सौर्य सिंचाई कार्यक्रमबाट सहयोग गरिएको छ ।
जनपत्र
२६ आश्विन २०७७, सोमबार ०९:०६

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ भुन्दु्रङका रमेश पुरीलाई पहिले आफ्नो खेतमा तरकारी र अन्नबाली लगाउनका लागि हिउँदयाममा पानीको सधै अभाब हुन्थ्यो । खेतमा सिंचाइ गर्नका लागि पानी नभएका कारण अन्नबालीमा पानी लगाउनका लागि वरपरका किसानले एक हप्तामा एक पटक पालो गरेर सिंचाइ गर्नुपर्ने बाध्यता रहेको थियो ।

तर, अहिले बागमती प्रदेशको कृषि विकास निर्देशनालय हेटौंडाले साना किसानका लागि लक्षित गरेर सौंर्य सिंचाइ कार्यक्रमबाट सोलारबाट सिंचाइ गर्ने प्रविधि जडान गरेपछी खेतीगर्नका लागि सजिलो भएको पुरी वताउनुहुन्छ । अहिले हिउँदयामको समयमा पनि सिंचाइ सुविधा पुगेपछी तरकारी र धान खेती गर्न पाएको उहाँ वताउनुहुन्छ ।

अहिलेको उहाँको खेतमा तरकारी फल्न थालेको छ । धान खेती पनि हराभरा देखिन्छ । पुरीसंगै यस क्षेत्रका अरु सात जना किसानले सौर्य सिंचाइ गरेका छन् । पहिले हिउँदयाममा बाँझो रहने खेत अहिले भने तरकारी र अन्नबाली लगाइएको छ ।

कृषि विकास निर्देशनालय हेटौंडाको सहयोगमा चितवन खैरेनी नगरपालिका वडा नम्बर १० वरगाउँका राजु चौधरीले पनि सौर्य सिंचाइ गर्न पाएपछी सधैका वर्षमा हिउँदयाममा बाझो रहने खेत अहिले हरियाली बनाउनु भएको छ ।

उहाँले चैते धान समेत खेतमा लगाउनु भएको वताउनुहुन्छ । पहिलेका वर्ष खेती गर्न धेरै खालका समस्या थियो । तर, अहिले भने कृषि विकास निर्देशनालय हेटौंडाको सहयोगमा सौर्य सिंचाई गरेपछी आफ्नो दुई विगाहा क्षेत्रफल खेतमा धान लगाउनु भएको छ । खेतमा विधुतको तार समेत नपुगेकाले सिंचाइ गर्न झनै समस्या थियो । तर, सौर्य उर्जाबाट सहज भएको उहाँले वताउनुभयो ।

खैरेनीको वडा नम्बर ७, ८, १२ का किसानले सौर्य उर्जाबाट खेती गरेका छन् । साना किसानका लागि लक्षित गरेर ल्याएको यस कार्यक्रमबाट धेरै खालका सुविधा पुगेको कृषि विकास निर्देशनालय हेटौंडाका कृषि इन्जिनियर मोदनाथ तिमल्सिनाले वताउनुभयो ।

मागमा आधारित सौर्य सिंचाइ कार्यक्रम अन्तरगत मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ का केर सिं प्रजा, राक्सीराङ गाउँपालिका वडा नम्बर २ का खड्का बहादुर मगर, टिकामायाँ राना मगर, विविमायाँ मगर, मनहरी ३ का दिनेश अर्याल, विरबहादुर प्रजा, बुद्धीसरा राइ, चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २७ का नरबहादुर थापा मगर, वडा नम्बर ६ का धर्म महतो, सोही वडाका नरेन्द्र साही महतो लगायतका किसानका लागि सौर्य उर्जाबाट खेत गिर्नका लागि निकै सजिलो भएको छ ।

बिभीन्न कम्पनि, सहकारी र समुहलाई गरेर वितेको आर्थिक वर्षको बजेटमा ९६ वटा सौर्य सिंचाइका कार्यक्रम चितवन र मकवानपुरमा गरिएको कृषि विकास निर्देशनालय हेटौंडाका निर्देशक रविन्द्रबहादुर प्रधानले वताउनुभयो । उपभोक्ता समिति मार्फत किसानको २० प्रतिसत र निर्देशनालयको ८० प्रतिशत लगानीमा कार्यक्रम गरिएको उहाँले वताउनुभयो । यो कार्यक्रमबाट साना किसानका लागि धेरै खालका फाइदा पुगेको समेत उहाँले वताउनुभयो ।

यो कार्यक्रमबाट हिउँदयाममा पानी समेत नभएका कारण खेतबारी बाँझो राख्दै आएका किसानका लागि धेरै सहज भएको निर्देशनालयका बालिसंरक्षण अधिकृत सुलोचना श्रेष्ठले वताउनुभयो । पहिले खेतीगर्नका लागि किसानले धेरै खालका समस्या बेहोर्नुपरेको भएपनि अहिले भने धेरै सहज भएको श्रेष्ठले जानकारी दिनुभयो ।

सानाखालका किसानका लागि समेट्ने धेरै खालका कार्यक्रम नभएपनि सौर्य सिंचाइ कार्यक्रमबाट साना किसानहरुलाई समेटिएकाले उनीहरुका लागि थप सहयोग पुगेको निर्देशनालयका प्राविधिक साहायक डिएन दाहालले वताउनुभयो ।

यो कार्यक्रम निर्देशनालयले विधुत नपुगेका स्थानका किसानलाई लक्षित गरेर काम गरेको निदेशक प्रधानले जानकारी दिनुभयो । किसानका लागि ४ लाख रुपैयाँ लागत देखि ९ लाख रुपैयाँ सम्मको सौर्य उर्जा जडान गरेर कुल ५ करोड ५४ लाख रुपैयाँ लागतमा किसानहरुका लागि सौर्य उर्जा जडान गरिएको कृषि इन्जिनियर मोदनाथ तिमल्सीनाले वताउनुभयो ।

सौर्य उर्जा जडान गरेपछी अहिले हिउँदयाममा समेत धान खेती र तरकारी खेतीगर्नका लागि किसान उत्साहीत भएर काम गरेको प्राविधिक साहायक दाहालले वताउनुभयो । प्रत्यस किसानले एक देखि ४ विगाहा क्षेत्रफल सम्मका खेतमा सौर्य सिंचाइ गरेका छन् । सौर्य सिंचाइ कार्यक्रमले मकवानपुर र चितवनका किसानका लागि सौर्य सिंचाइ कार्यक्रम बरदान सावित भएको किसानहरु वताउँछन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*