आज पूर्व र मध्यका पहाडी क्षेत्रमा हल्का पानी पर्ने सम्भावना
काठमाण्डाै – आज पूर्व र मध्य क्षेत्रका पहाडी भेगमा हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भोलि र पर्सिको मौसम पनि सामान्यतया सफा नै रहनेछ । केही दिनयता मनसुन खासै सक्रिय छैन । अब छिट्टै बैठक बसेर औपचारिक रुपमा मनसुन बाहिरिएकोबारे जानकारी गराइने मौसमविद् पोख्रेलले बताउनुभयो । बिस्तारै चिसो भने बढ्न थालेको छ । केही दिनयता न्यूनतम तापक्रम घट्दै गएको छ ।
जुम्लाको आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । यस्तै काठमाण्डौको १६ दशमलव ५, दिपायलको १७ दशमलव ६, डडेल्धुराको १३ दशमलव ३, विराटनगरको १७ र पोखराको १८ दशमलव ५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।






