हेटौंडा र बागमती गाउँपालिकामा आज बिहानै ४२ जना कोरोना संक्रमित थपिए
हेटौंडा । हेटौंडा उपमहानगरपालिका र बागमती गाउँपालिकामा आज बिहानै ४२ जना कोरोना संक्रमित थपिएका छन् । थपीएकामा १७ जना महिला र २५ जना पुरुष रहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो । असोज २३ गते संकलन गरिएको स्वाबको हेटौँडामा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा गरिएको १ सय २० जनाको परीक्षणमा ४२ जनामा कोरोना पुष्टि भएको चौलागाईले वताउनुभयो ।








