यो दशैँमा नयाँ नोट सटही नगरिने

जनपत्र
२५ आश्विन २०७७, आईतवार १९:२०

काठमाण्डौ – यो वर्षको दशैँमा नयाँ नोट वितरण नहुने भएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सूचना निकालेर कोरोना भाइरसको महामारीका कारण यो वर्षका चाडबाडमा नयाँ नोट वितरण नहुने जनाएको हो ।

नयाँ नोट सटहीका क्रममा भिडभाड हुन सक्ने र कोरोना सङ्क्रमणको जोखिम रहेकाले नोट वितरण नगर्ने निर्णय भएको राष्ट्र बैंकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*