व्यास नगरपालिकामा आइपुग्यो पोर्टेल पीसीआर मेसिन

जनपत्र
२५ आश्विन २०७७, आईतवार ०६:१९

कोरोना भाइरस परीक्षणका लागि आवश्यक पर्ने पोर्टेल पीसीआर मेसिन तनहुँको व्यासनगरपालिकामा आइपुगेको छ । रोटरी इन्टरनेशनलले आज व्यासनगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेलाई उक्त मेसिन हस्तान्तरण गरेको छ । कोरोना भाइरस सङ्क्रमणको दर तीव्र बन्दै गएपछि नगरपालिकामा पीसीआर मेसिन आवश्यक भएकाले उक्त मेसिन नगरपालिकालाई हस्तान्तरण गरिएको रोटरी इन्टरनेशनलले जनाएको छ । एक स्थानबाट अर्को स्थानसम्म सजिलै लैजान सकिने उक्त मेसिनको मूल्य रु। १२ लाख ५० हजार रहेको बताइएको छ ।

उक्त मेसिनबाट चौविस घण्टामा ६४ जनाको पिसीआर परीक्षण गर्न सकिने नगरप्रमुख न्यौपानेले बताए । उनका अनुसार उक्त मेसिन दमौली अस्पताललाई हस्तान्तरण गरिने छ । मेसिन आएसँगै जिल्लावासीमा खुशीयाली छाएको बताइएको छ ।यसैगरी व्यास नगरपालिका–१ लिचीघारीस्थित क्षेत्री भवनमा क्वारेन्टिन निर्माण गरिएको छ । नजिकिदै गरेको चाडपर्वमा देशविदेशबाट आउने जिल्लावासीलाई लक्षित गरी सो भवनमा व्यवस्थित क्वारेन्टिन निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

उक्त भवनमा करिब ७० देखि ८० जनासम्म अटाउने क्षमताको क्वारेन्टिन निर्माण गर्न लागिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए । उनले भने, “स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेका कारण कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।”  रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*