काठमाण्डौका केही ठाउँमा आज ६ घण्टा बत्ती जाने
काठमाण्डौ – आज काठमाण्डौका केही ठाउँमा ६ घण्टा बत्ती जाने भएको छ ।
नेपाल विद्युत प्राधिकरणका कारण मूलपानी, काँडाघारी, सनसिटी, गोठाटार, ग्रिनहिल सिटी, थली, डाँछी, भद्रवास आलापोट, गागलफेदी, इन्द्रायणी, साँखु, लप्सीफेदी, नांग्लेभारे र जरसिंहपौवा आसपासका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बिजुली आपूर्ति रोक्न लागिएको हो । तोकिएको समयभन्दा अगाडिनै काम सकिए छिट्टै विद्युत दिने पनि प्राधिकरणले जनाएको छ ।







