भारतका केन्द्रीय मन्त्री रामविलास पासवानकाे निधन
काठमाण्डाै – भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको ७४ वर्षको उमेरमा निधन भएको छ ।
५ दशकदेखि भारतीय राजनीतिमा सक्रिय पासवान भारतका प्रमुख दलित नेता मानिनुहुन्थ्यो । पासवान ८ पटक लोकसभा सदस्य र अहिले राज्यसभा सदस्य हुनुहुन्थ्यो । मन्त्री पासवानका छोरा एवं लोक जनशक्ति पार्टीका अध्यक्ष चिराग पासवानले ट्वीटरमार्फत आफ्ना बुबाको निधन भएको जानकारी गराउनुभएको छ ।







