मकवानपुरमा आज विहानै थप ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

संक्रमित हुनेहरुमा हेटौंडामा सबै भन्दा धेरै ६२ जना, भीमफेदी गाउँपालिकाका २ जना र जिल्ला बाहिरका हेटौंडामा वस्दै आएका २ जनामा संक्रमण पुष्टि भएको हो ।
जनपत्र
२३ आश्विन २०७७, शुक्रबार ०६:०२

हेटौंडा । मकवानपुरमा हिजो आज दिनहुँजसो कोरोना संक्रमण दर निकै वढ्दै गएको छ । पछील्ला दिनहरुमा कोरोना संक्रमित देशै भरीमा बवेसंगै मकवानपुरमा पनि संक्रमित बढ्दै गएका हुन् । हेटौंडा बजारमा भिड वढेसंगै संक्रमित पनि थपीदै गएका हुन् । आज विहानै जिल्लामा थप ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेहरुमा हेटौंडामा सबै भन्दा धेरै ६२ जना, भीमफेदी गाउँपालिकाका २ जना र जिल्ला बाहिरका हेटौंडामा वस्दै आएका २ जनामा संक्रमण पुष्टि भएको हो ।

हेटौंडामा मात्र २३ जना महिला र ३९ जना पुरुषमा कोरोना पुष्टि भएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

असोज २२ गते  संकलन गरिएको  स्वाबको हेटौँडामा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा गरिएको  परीक्षणको नतिजा शुक्रबार  बिहान सार्वजनिक गरेको जनाईएको छ ।

जिल्लाभरीमा २४ जना महिला र ४२ जना पुरुषमा संक्रमण भएको उहाँले वताउनुभयो । हेटौंडामा एकै दिनमा धेरैजनामा कोरोना संक्रमण पुष्टि हुँदा घर बाहिर निस्कदा सचेतना र सावधानी अपनाउनका लागि उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आग्रह गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*