अमेरिकी चुनाव २०२० : ट्रम्प भर्चुअल टिभी बहसमा सहभागी हुन अनिच्छुक

जनपत्र
२२ आश्विन २०७७, बिहीबार २०:१२

काठमाण्डाै – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रजातान्त्रिक प्रतिस्पर्धी जो बाइडेनसँग भर्चुअल टिभी बहसमा भाग नलिने बताउनुभएको छ ।

ट्रम्पले फक्स बिजनेससँगको अन्तर्वार्तामा भन्नुभयो, ‘यो व्यवस्था मलाई स्वीकार्य छैन । म व्यक्तिगत बहसमा समय खर्चन चाहन्नँ । कम्प्युटर पछाडि बसेर, हास्यास्पद ।’ यसको साटो ट्रम्पले बरु र्याली गर्ने बताइएको छ । साथै उहाँले कार्यक्रम सञ्चालकहरुमाथि आफ्ना प्रतिस्पर्धी जो बाइडेनलाई बचाउने कोसिस गरेको आरोप लगाउनुभएको छ ।

यसअघि ट्रम्प र बाइडेनबीच भएको बहसमा बाइडेन ट्रम्पमाथि हाबी हुनुभएको थियो । उहाँहरुबीच आरोप–प्रत्यारोपसम्म भएको थियो । बहसमा ट्रम्पको प्रस्तुति राम्रो नभएको र फितलो भएको धेरैले टिप्पणी गरेका छन् भने बाइडेनको प्रस्तुति भद्र र सकारात्मक भएको कतिपयको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*