मुख्यमन्त्री पौडेलका सचिवालयका कर्मचारीलाई कोरोना संक्रमण
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्यमन्त्रीको सचिवालयका कर्मचारी सुमित्रा काफ्लेलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
हिजो प्राप्त रिपोर्टमा आफुमा कोरोना पुष्टि भएको काफ्लेले वताउनुभयो । कोरोनाको संका लागेपछी एक हप्ता देखि उहाँ होम आइसोलेसनमा वस्दै आउनुभएको थियो । सचिवालयका कर्मचारीमा कोरोना संक्रमण भएपछी मुख्यमन्त्री कार्यालय र निवासमा उच्च सर्तकर्ता अपनाइएको छ ।






