बानका उपाध्यक्ष चौलागाईलाई कोरोना संक्रमण

जनपत्र
२१ आश्विन २०७७, बुधबार १९:४३

हेटौंडा । ब्रोकाष्टिङ एसोसीएसन अफ नेपाल (बान) का उपाध्यक्ष तथा हेटौंडा एफएमका प्रबन्ध निर्देशक उज्वल चौलागाईलाई आज कोरोना संक्रमण पुष्टि भएको छ ।

रुघा, खोखी र ज्वरोको लक्षण देखापरेपछी हेटौंडाको किटजन्य रोग अनुसंधान तथा तालिम केन्द्रको प्रयोगशालामा कोरोना जाँचका लागि स्वाब दिनु भएको थियो । आज दिउसो प्राप्त रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको उहाँले वताउनुभयो । कोरोना संक्रमण भएसंगै चौलागाई होम आइसोलेसनमा वस्नु भएको छ ।

मकवानपुरमा आज दिउसो थप ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै चौलागाईलाई पनि संक्रमण देखिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*