विकास निर्माणको समयमा ध्यान पुर्याउन सकेमात्रै विपद्को जोखिम कम हुन्छ–सभामुख श्रेष्ठ

जनपत्र
२१ आश्विन २०७७, बुधबार १९:२७

हेटौंडा । विकास र विनाशसँगसँगै रहने भएकाले विकास निर्माणको समयमा ध्यान पुर्याउन सकेमात्रै विपद्को जोखिम कम हुने बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले बताउनुभएको छ । बुधबार आइओमको आयोजनामा भएको भर्चुअल बैठकमा बोल्नुहुदैँ सभामुख श्रेष्ठले विपद् ब्यवस्थापनको सन्दर्भमा ऐन निर्माण भएर मात्रै नहुने तर यसको कार्यान्वयनको पक्ष बलियो बनाउन सके विपद्को समयमा हुने क्षती कम हुने बताउनुभयो ।

कार्यक्रममा पुर्व मन्त्री एवम् विज्ञ डा गंगाधर तुलाधरले विपद् ब्यवस्थापनको सन्दर्भमा गर्नु पर्ने कार्यहरुको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । साथै कार्यक्रममा भाग लिनुहुदैँ प्रदेश सभा सदस्यहरुले सरकारले विपद्पछि राहत घोषणा भन्दा विपद्को पुर्व तयारीमा ध्यान दिनुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा आईओएमका मिसन चिफ लोरेना लन्डो , बागमती प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल , उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल , बागमती प्रदेशका उपसभामुख राधिका तामाङ , प्रदेश सभाका विभिन्न समितिका सभापति , प्रदेश सभाका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतित्यथतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*