चाडपर्व लक्षित विशेष ट्राफिक सुरक्षा योजना, लामो दूरीमा दुईजना चालक अनिवार्य

जनपत्र
२१ आश्विन २०७७, बुधबार ०९:४६

काठमाण्डौ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले केही दिनभित्रै दशैँ, तिहार, छठ सुरक्षा योजना ल्याउने तयारी गरेको छ ।

ट्राफिक व्यवस्थापन र स्वास्थ्य मापदण्डको विषयलाई केन्द्रमा राखेर विशेष सुरक्षा योजना ल्याउन लागिएको महाशाखाका प्रमुख भीम ढकालले जानकारी दिनुभयो । चाडपर्वको समयमा काठमाण्डाै बाहिर जाने यात्रुलाई भिडभाड हुन नदिने, टिकट किनबेचमा ठगी हुन नदिने, दुर्व्यवहार रोक्ने लगायत उदेश्यसहित ट्राफिक प्रहरी महाशाखाले गृहकार्य गरिरहेको प्रमुख ढकालले बताउनुभयो ।

यस्तै ट्राफिक प्रहरीले लामो दूरीको गाडीमा दुई जना चालक राखिएको छ कि छैन भनेर अनुगमन गर्ने भएको छ । नागढुंगामा राखिएको एप्समार्फत चालक परिवर्तन गरिएको छ कि छैन भनेर हेरिने महाशाखाले जनाएको छ । गएको वर्षदेखि अहिलेसम्म दुईजना चालक नराख्ने पाँचसय गाडीलाई कारबाही गरिएको छ ।

यस्तै महाशाखाले काठमाण्डाैमा विभिन्न १४ ठाउँमा हेल्प डेस्क राख्ने भएको छ । यसैबीच, पछिल्लो हप्ता काठमाण्डाैबाट बाहिरिनेको संख्या बढेको छ । केही दिनअघि दैनिक १ हजारको संख्यामा बढिरहेको यात्रुको संख्या हिजो एकैदिन ६ हजारभन्दा धेरै बढेको छ । महाशाखाका अनुसार जोर बिजोरको कार्यन्वयन नगर्ने गाडीहरु दैनिक १५ सयको हाराहारीमा कारबाहीमा परिरहेका छन् ।

यस्तै भिडभाड गर्ने, स्वास्थ्यका मापदण्ड पालना नगर्ने गाडीहरु हरेक दिन ७ देखि १५ सयको हाराहारीमा कारबाहीमा परिरहेका छन् । महाशाखाले बढि भाडा लिनेलाई पनि कारबाही गरिरहेको छ । हिजो मात्रै बढि भाडा लिने ५ जनालाई पक्राउ गरि कारबाही पक्रिया अघि बढाइएको महाशाखाका प्रमुख ढकालले उज्यालोलाई बताउनुभयो ।

महाशाखाले कसैलाई केही समस्या भए १०३ मा फोन गर्न सबैमा आग्रहसमेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*