ठुलो सुकौलीको दिदीबहिनीहरु मिलेर शान्ति पार्कलाई पानी ट्यांकी हस्तान्तरण

जनपत्र
२१ आश्विन २०७७, बुधबार ०६:३५

हेटौंडा/हेटौंडा उपमहानगरपालिका १५ ठुलो सुकौलीमा रहेको दिदीबहिनीहरुको तीन वटा स्वावलम्बन समुह मिलेर शान्ति पार्कलाई पानी ट्यांकी हस्तान्तरण गरिएको छ ।
सहास नेपालद्वारा हेटौंडा–१५ ठुलो सुकौलीमा गठन गरिएको सकृय स्वावलम्बन समुह, पारिजात स्वावलम्बन समुह र फूलबारी स्वावलम्बन समुहका सदस्य दिदीबहिनीहरु मिलेर प्रधानमन्त्री स्वोरोजगार परियोजना अन्तर्गत ठुलो सुकौलीमा निर्माण गरिएको शान्ति पार्कमा पानी संकलन गर्नको लागि अति आवश्यक दुई थान ५०० लिटर र १००० लिटरको ट्यांकी शान्ति पार्क ब्यवस्थापन, संरक्षण तथा प्रबर्दन समितिको अध्यक्ष ईश्वर पाख्रिनलाई हस्तान्तरण गरेका थिए ।
हरेक कुरामा अग्रसर बन्दै गरेका समुहका दिदीबहिनीहरुले शान्ती पार्कमा पानी जम्मा गर्ने ट्यांकी नभएर सिचाँईको लागि समस्या परेकोदेखेपछि दिदीबहिनीहरु मिलेर आर्थिक संकलन गरेर पानी जम्मा गर्ने ट्यांकी सहयोग गरेको बबिता मोक्तानले बताईन ।

Image may contain: sky, mountain, tree, grass, outdoor and nature

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*