मकवानपुरमा आजै ५१ जनामा कोरोना संक्रमण पुष्टि
साँझ थप ४१ जना र बिहान १० जनामा कोरोना पुष्टि भएको हो ।

हेटौंडा । मकवानपुरमा आजै थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज साँझ ४१ जना र बिहान १० जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो । साझ पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ३८ जना, मनहरी गाउँपालिकाका १ जना, मकवानपुरगढी गाउँपालिकाका १ जना र हेटौंडा बस्ने जिल्ला बाहिरका १ जना गरी ४१ जना रहेका छन् ।