१३ हजार नमुना परीक्षण गर्दा २४ सय ४० मा कोरोना

जनपत्र
२० आश्विन २०७७, मंगलवार ०६:०७

सरकारले परीक्षण नबढाए पनि कोरोना भाइरस संक्रमितको संख्या भने दिनदिनै बढ्दै गएको छ । सोमबार थप दुई हजार चार सय ४० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार सात सय ९१ वटा नमुना परीक्षण गर्दा दुई हजार चार सय ४० जनामा संक्रमण पुष्टि भएको हो । परीक्षण गरिएकामध्ये झन्डै १८ प्रतिशतमा कोरोना संक्रमण देखिन थालेको छ । लगातार चौथो दिन दुई हजारभन्दा बढी संक्रमित पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर संक्रमितको संख्या ८९ हजार दुई सय ६३ पुगेको छ ।

सोमबार एक हजार एक सय ३३ जना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या पनि ६५ हजार दुई सय दुई पुगेको छ । त्यस्तै, सक्रिय संक्रमितको संख्या २३ हजार पाँच सय सात पुगेको छ । सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेसनमा ११ हजार एक सय ९१ जना र होम आइसोलेसनमा १२ हजार तीन सय १६ जना रहेका छन् । संक्रमितमध्ये दुई सय ४४ जना आइसियू र ४३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*