मकवानपुरमा आज थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

जनपत्र
१९ आश्विन २०७७, सोमबार १९:०८

हेटौंडा । मकवानपुरमा आज थप ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित भएका धेरै जना पुरुष र थोरै मात्र महिला रहेका छन् ।

आज संक्रमित भएकाहरुमा ७ जना महिला र ३४ जना पुरुष रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

असोज १८ गते संकलन गरिएको स्वाबको हेटौँडामा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा गरिएको परीक्षणको नतिजा सोमबार साँझ सार्वजनिक गरेको जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*