हेटौंडाबाट १० केजी गाँजा सहित तीन जना पक्राउ

जनपत्र
१९ आश्विन २०७७, सोमबार १७:५६

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नंबर ३ स्थित पुर्व पश्चिम लोकमार्ग सडक खण्डमा लागु औषध गाँजा १० किलो २८८ ग्राम सहित ३ जना पक्राउ परेका छन् । सोमबार आज बिहान उक्त सडक खण्डमा ३–०३००१ ज ००१२ नंबरको यात्रुवाहक म्याजिकलाई रोकी चेकजाँच गर्दा उक्त म्याजिकमा सवार ३ जनाले बोकेको जेब्रा झोलामा लागु औषध गाँजा फेला पारको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

गाँजा सहित पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नंबर १९ का ४६ वर्षीय बिर बहादुर घलान,मनहरी गाउँपालिका वडा नंबर ५ की ४० वर्षीया सृजना तामाङ र कैलाश गाउँपालिका वडा नंबर १० का २४ वर्षीय प्रकाश तामाङ गरी ३ जना रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका ३ जनामाथि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*