कोरोना संक्रमण : नेपालमा दैनिक आठ जनाको मृत्यु

जनपत्र
१८ आश्विन २०७७, आईतवार ०६:२३

कोरोना भाइरस संक्रमणबाट नेपालमा दैनिक औसतमा आठ जनाको मृत्यु हुन थालेको छ। असोज महिनाको तथ्यांक हेर्दा कोरोना संक्रमणबाट औसतमा दैनिक आठ जनाको मृत्यु हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा।जागेश्वर गौतमले जानकारी दिए। नेपालमा कोरोना संक्रमणबाट सिन्धुपाल्चोककी सुत्केरीको पहिलोपटक मृत्यु भएको थियो।

३१ भदौसम्म नेपालमा कोरोनाबाट ज्यान जानेको संख्या तीन सय ७९ थियो। शनिबारसम्म यो संख्या पाँच सय २८ पुगेको गौतमले बताए। पछिल्लो १७ दिनमा मात्र एक सय ४९ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको हो।

कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेहरुमा कडा खालको रोग भएकाहरु बढी छन्। ‘६० वर्षमाथिका नागरिक तथा दीर्घरोग भएकाहरु सकेसम्म घर बाहिर ननिस्कनु होला,’ डा।गौतमले भने।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*