हेटौंडाका ९५ जना बृद्धबृद्धालाई बिभिन्न सामाग्री बितरण

जनपत्र
१६ आश्विन २०७७, शुक्रबार १८:१५

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रका बृद्धबृद्धाहरुलाई बिभीन्न सामाग्री वितरण गरिएको छ । नगरका १९ वटै वडाका बृद्धबृद्धाहरुको सम्मानमा सम्झना स्वरुप स्थानीय सरकारको बजेटबाट बिभीन्न सामाग्री वडा स्तरबाटनै वितरण गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।

दशै नजिकीदै गर्दा नगरका ९५ जना बृद्धबृद्धालाई सम्झना स्वरुप पाँच हजार रुपैयाँका दरले सामाग्री वितरण गरिएको मेयर महतले वताउनुभयो । नगरको एउटा वडाका अति गरिब र विपन्न परिवारका बृद्धबृद्धालाई एक एक जोर कपडा, ब्लाङकेट, लौरो समेत वितरण गरिएको उपमहानगरपालिका महिला तथा बालबालिका महासाखाका प्रमुख विष्णुकुमारी लामिछानेले वताउनुभयो ।

अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा १९ वटा वडामा बृद्ध र बृद्धाका लागि सामाग्री वितरण गरिएको उहाँले वताउनुभयो । काम गर्न सक्ने र सम्पन्न परिवारका भन्दा पनि गरिब परिवार पहिचान गरेर नगरका प्रत्यक वडाबाट सामाग्री वितरण गरिएको मेयर महतले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*