आज दिउँसो देशका थोरै ठाउँमा पानी पर्ने

जनपत्र
१६ आश्विन २०७७, शुक्रबार ०८:१३

आज दिउँसो देशका थोरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्र सक्रिय रहेकाले आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसारअरु ठाउँको मौसम पनि आंशिकदेखि सामान्य बद्ली हुनेछ । यस्तै हिजो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट बाहिरिएको मनसुन नेपालबाट बाहिरिन भने अझै केही दिन लाग्ने भएको छ । नेपालका थोरै ठाउँमा केही दिन हल्का पानी पर्ने संभावना रहेकाले मनसुन पुरै हट्न समय लाग्ने भएको मौसमविद् शाक्यको भनाइ छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*