सामूहिक तरकारी खेती तर्फ अग्रसर हुँदै हेटौडा ठुलो सुकौलीका महिलाहरु (भिडियो सहित)
हेटौंडा÷हेटौडा उपमहानगरपालिका वडा नम्बर१५ ठुलो सुकौलीका महिलाहरु सामुहिक तरकारी खेती तर्फ अग्रसर हुँदै गएका छन् । सकृय कृषक समुहको अगुवाइमा सामूहिक रूपमा व्यावसायिक मौसमी र बेमौसमी तरकारीखेती सुरु गरेका हुन् ।
१८ जना महिला आबद्ध समूहको अगुवाइमा महिलाको आयआर्जन वृद्धिका लागि १२ जनाको संलग्नतामा सामुहिक तरकारी खेती सुरु गरिएको समूहकी अध्यक्ष सम्झना पाख्रिनले बताइन् । केही वर्ष अघिसम्म आफ्नो घरका लागि चाहिने हरेक तरकारी बजारबाट किनेर ल्याउनु पर्ने अवस्था थियो तर अहिले महिलाहरुको सक्रियाताले आफुले उत्पादन गरेको तरकारी बजारमा बेच्न सक्षम भएका छन् ।
साहास नेपाल संस्था मार्फत समुहमा आवद्ध भएका महिलाहरु त्यही संस्था मार्फत नै तरकारी खेतिको तालिम लिए पश्चात तरकारी खेती सुरु गरिएको बबिता मोक्तानले बताईन् । गत वर्ष हेटौंडा उपमहानगरपालिकाको सहयोगमा १२ ओटा टनेल बनाएर तरकारी खेती सुरु गरेको समुहले यसवर्ष बागमति प्रदेशको भुमी व्यवस्था, कृषी तथा सहकारी मन्त्रालयबाट अनुदान प्राप्त १५ लाख र समुहबाट १५ लाख गरि जम्मा रु. ३० लाखको लगानीमा ६ फिट चौडाई र १८ फिट लम्बाईको १७ ओटा टनेल बनाई सामुहिक रुपमा खेती सुरु गरिएको हो । निर्माण गरिएका १७ टनेल मध्ये १२ जना सदस्यको घरघरमा १-१ वटा टनेल निर्माण गरिएको र त्यसमा खेती त्यही परिवारले गर्नु पर्ने र आम्दानी त्यही परिवारको हुने साथै बाँकी ५ टनेलमा सामुहिक रुपमा खेती गरेको र त्यसबाट आएको आम्दानी सामुहिक रुपमा जम्मा गर्दै आएका छन् ।
अहिले बजारमा तरकारीको भाउ निक्कै बढेको छ यस्तो अवस्थामा आफुहरुले सोचे जस्तै भाउ पाएकोमा महिलाहरु मख्ख छन् । तर बजारको माग धेरै भएपनि माग अनुसारको तरकारी उत्पादन गर्न नसकेकोले सामुहिक तरकारी खेतीलाई अझै अझै बिस्तार गर्ने योजनाका साथ अगाडी बढिरहेका छन् । बिशेष गरि मकै र कोदो मात्र उत्पादन हुने स्थानमा गरिएको सामुहिक खेतीले स्वारोजगारका साथै आम्दानीको अवसर सिर्जना भएको छ । समाजमा महिलाले के नै गर्न सक्छ र ? भन्ने पुरानो मानसिकता अझै छ । बिगत देखी यहाँसम्म आउँदा धेरै बाधा र समस्या भोगेका महिलाहरुले अहिले घर परिवार र बिशेषगरि श्रीमानबाट सहयोग पाएको र यसरी अघि बढ्न पाएकोमा खुसी व्यक्त गरेको छन् । हेर्नुस भिडियो…..








