बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले यसरी मनायो अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस

जनपत्र
१५ आश्विन २०७७, बिहीबार १८:२६

हेटौंडा । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आज नुवाकोटको धार्मिक स्थल देवीघाट बृद्धाश्रममा भव्य रुपमा अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाएको छ । महामारीमाः बुढ्यौली र उमेरको कारण जेष्ठ नागरिकलाई गरिने हाम्रो संबोधनमा परिवर्तन ल्याउँदै छ ? भन्ने नारा सहित कार्यक्रम गरिएको हो ।

कार्यक्रमलाई संबोधन गर्नु हुँदै बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले जेष्ठ नागरिक ज्ञानसिपका खानी भएकाले उहाँहरुले जानेका कुरा सबैले अनुसरण गर्नुपर्ने वताउनुभयो । जेष्ठ नागरिकलाई सवैले सम्मान गर्नुपर्ने वताउनुभयो । विदुर नगरपालिकाका मेयर सन्जु पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य हिरानाथ खतिवडाले आफ्ना धारणा राख्नु भएको थियो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महासाखाका प्रमुख इन्दीरा ओझाले जेष्ठ नागरिक दिवसको कार्यक्रमको उदेस्यमाथी प्रकास पार्दै स्वागत गर्नु भएको थियो । महासाखाका आठौ तहका अधिकृत चन्द्रकुमारी व्यन्जनकारले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

बृद्धाश्रममा अाश्रित ८ जना अाम र १८ जना बुबाहरुलाई न्यानाे कपडा पुरुषलाई ट्राउजर सेट, हटवाटर ब्याग १, माेजा १ सेट, डाईजेष्टीभ बिस्कुट , अामाहरुलाई ट्राउजर सेट १, स्वईटर १, हटवाटर ब्याग १ , माेजा १ सेट र डाईजेष्टीभ बिस्कुट बितरण गरिएकाे थियाे । अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा पहिलो बर्ष राष्ट्र कवि माधव घिमिरेलाइ सम्मान र काठमाडौंमा जेष्ठ नागरिक संग अन्तरक्रीया, दोश्रो बर्ष काभ्रेको धुलिखेल र पनौतीमा जेष्ठ नागरिकसंग भेटघाट र केही सहायता प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*