तोकेभन्दा बढी पिसिआर परीक्षण​​​​​​​ शुल्क लिनेको अनुमति खारेज : स्वास्थ्य मन्त्रालय

जनपत्र
१५ आश्विन २०७७, बिहीबार ०५:५१

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेभन्दा पिसिआर परीक्षण शुल्क धेरै लिए परीक्षण अनुमति खारेज गर्ने बताएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बुधबार पत्रकार सम्मेलनमार्फत पिसिआर परीक्षणका नाममा मनलाग्दी रकम लिने प्रयोगशालाको अनुमति खारेज गर्ने बताए ।

प्रवक्ता गौतमले ह्याम्स अस्पताल, मेडिसिटी अस्पताल, स्टार अस्पताल, बी एन्ड बी अस्पताल, सूर्या ल्याब, डिकोर ल्याब, सिडिएल ल्याब र इन्टिपेर ल्याबलगायतले बढी शुल्क लिएकाले २४ घन्टाभित्र तोकिएको शुल्क समायोजन नगरे परीक्षण स्वीकृति खारेज गर्ने निर्णय भएको बताए ।

शुल्क समायोजन नगरे परीक्षण स्वीकृति खारेज गरी पत्राचार गर्न–गराउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*