मकवानपुरमा आज साँझ थप १५ जनामा कोरोना संक्रमण पुष्टि
हेटौंडा । मकवानपुरमा आज साँझ थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज पुष्टि भएकाहरुमा ८ जना पुरुष र ७ जना महिला रहेका छन् । संक्रममित हुनेहरु अधिकांश हेटौंडाका रहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।








