गाउँको सरसफाईमा जुटे हात्तीखोलाका युवाहरु

हेटौंडा/बकैया गाउँपालिका ७ का हात्तीखोलाका युवाहरु गाउँ टोल सरसफाई अभियानमा जुटेका छन ।
आफ्नो गाउँटोललाई सफा र सुन्दर बनाउने उदेश्यका साथ मकवानपुरको पुर्वि क्षेत्रमा रहेको बकैया गाउँपालिका ७ हात्तिखोलाका युवाहरुले गाउँको सरसपलाई अभियान सुरु गरेका छन् । गाउँमा जताततै फोहोर फाल्ने क्रम बढेपछि गाउँमा भएका फोहोरहरु संकलन गरि सरसफाई अभियान सुरु गरेको र निरन्तर सरसफलाई गरि रहने अभियान संयोजक आशिष चौलागाईले बताउनु भयो ।