हेटौंडाको न्युरेनीमा भएको मोटरसाईकल दुर्घटनामा थिङको मृत्यु

जनपत्र
१३ आश्विन २०७७, मंगलवार १८:३८

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ न्युरेनीमा भएको मोटरसाईकल दुर्घटनामा घाईते भएका मध्य एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाईकलमा पछाडी सवार मकवानपुरको बकैया गाउँपालिका वड नम्बबर ५ राजदमारका ३१ वर्षीय ईन्द्र बहादुर थिङ रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो । उहाँको उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरि अर्का घाईते मोटरसाईकल चालक सोहि स्थानका २१ वर्षीय जुत्ते घलानको हेटौंडा अस्पतालमा उपचार भईरहेको छ । मंगलबार दिउँसो हेटौंडाबाट बकैया जाँदै गरेको ना १५ प ५१७० नंबरको मोटरसाईकल आफै अनियन्त्रित भएर रोकि राखेको ना ६ ख ६७५३ नंबरको टिपर संग ठाक्किदा दुर्घटना भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*