बागमती प्रदेशमा २६ हजार ५७२ जनामा कोरोना संक्रमण, १७९ जनाको मृत्यु, १५ हजार २०३ जना डिस्चार्ज

जनपत्र
१२ आश्विन २०७७, सोमबार ०५:३९

हेटौंडा । बागमती प्रदेशमा कोरोना संक्रमितको सख्या २६ हजार ५ सय ७२ जना पुगेको छ । संक्रमित मध्यमा एक सय ७९ जनाको मृत्यु भएको छ ।

हिजो बागमती प्रदेशमा एक दिनमा ९ सय ३१ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ ।

देखापरेका संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । बागमती प्रदेशमा विदेशबाट फर्किएकाहरु भन्दा पनि अहिले स्थानीय समुदायमानै वसेकाहरुमा कोरोना संक्रमण देखापरेको छ । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पनि प्रभावित भएका छन् ।

प्रदेशमा १५ हजार २ सय ३ जना कोरोना संक्रमित उपचार पछी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर सेढाईले जानकारी दिनुभयो ।

नेपालभरी देखिएका कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरु मध्य सबै धन्दा धेरै बागमती प्रदेशमा देखा परेका छन् । अरु प्रदेशको तुलनामा बागमती प्रदेशमा धेरै संक्रमित देखा परेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*